सहमति नभए विधिका आधारबाट भए पनि संक्रमणकालीन न्यायको टुंगो लगाउँछौँ : सञ्चारमन्त्री

हिमाल प्रेस १५ मंसिर २०८० २१:२५
12
SHARES
सहमति नभए विधिका आधारबाट भए पनि संक्रमणकालीन न्यायको टुंगो लगाउँछौँ : सञ्चारमन्त्री फाइल तस्बिर

दाङ- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संसद्को आगामी अधिवेशनबाट संक्रमणकालीन न्यायको विषय टुंगो लाग्ने बताएकी छिन्। एम्नेस्टी इन्टरनेसनल नेपालको ३२औँ साधारणसभाका अवसरमा आज (शुक्रबार) आयोजित कार्यक्रममा मन्त्री शर्माले द्वन्द्वकालीन घटनाका पीडितलाई न्याय दिलाउने गरी सरकार अघि बढेको जानकारी दिइन्।

बेपत्ता परिएका व्यक्तिको छानबिन आयोगको काम लामो समयसम्म टुंगोमा नपुग्दा पीडितले न्याय नपाएको उल्लेख गर्दै मन्त्री शर्माले आउने संसद् अधिवेशनबाट सहमतिका माध्यमबाट टुंगोमा पुर्‍याउने बताइन्।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री शर्माले संक्रमणकालीन न्यायको विषयमा सरकारको पहिलो प्राथमिकतामा रहेको स्पष्ट पार्दै आगामी अधिवेशनबाट सहमतिमा टुंगो लाग्न नसके विधिका आधारबाट भए पनि टुङ्ग्याउने दाबी गरिन्।

आफू पनि द्वन्द्वका क्रममा तत्कालीन राज्यपक्षबाट पीडित भएकाले यो विषयलाई गम्भीरतापूर्वक लिएको उल्लेख गर्दै मन्त्री शर्माले कानुनी प्रक्रियाको अभावका कारण पनि ढिलाइ भएको स्पष्ट पारिन्। हतियार र सेना समायोजन टुंगो लागे पनि पीडितको समस्या समाधान नभएको उनले बताइन्। रासस

प्रकाशित: १५ मंसिर २०८० २१:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =