आज विश्‍व एड्स दिवस

हिमाल प्रेस १५ मंसिर २०८० ७:०६
8
SHARES
आज विश्‍व एड्स दिवस

काठमाडौँ- आज ३६औँ विश्व एड्स दिवस। ‘समुदायको नेतृत्वमा एड्सको अन्त्य’, भन्ने नारासहित देशभर चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ।

हरेक वर्ष डिसेम्बर १ का दिन यो दिवस मनाइने गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले यससम्बन्धी चेतना र सन्देशमूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाइँदैछ।

सन् १९८१ मा पहिलो एचआईभी संक्रमित फेला परेदेखि सन् २०२२ को अन्त्यसम्ममा आठ करोड ५६ लाख जनामा संक्रमित भएको छ।

संक्रमणका कारण चार करोड चार लाखजनाको मृत्यु भइसकेको छ। विश्वमा हरेक दिन तीन हजार ६ सय मानिस एचआईभी संक्रमित हुने गरेका छन्।

केन्द्रका अनुसार नेपालमा सन् २०२२ को अन्त्यसम्म ३० हजार व्यक्तिमा एचआईभी संक्रमण भएको अनुमान छ। नेपालमा हरेक दिन एकजना एचआईभीबाट संक्रमित हुने गरेको छ।

 

प्रकाशित: १५ मंसिर २०८० ७:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − six =