‘सिन्दूर’ १७ वर्षपछि पुनः निर्माण

हिमाल प्रेस २९ मंसिर २०८० १५:३९ | Friday, December 15, 2023
‘सिन्दूर’ १७ वर्षपछि पुनः निर्माण

काठमाडौँ– १७ वर्षपछि टेलिसिरियल ‘सिन्दूर’ पुनः निर्माण हुने भएको छ। शुक्रबार भद्रकाली मन्दिरमा शुभ मुहूर्त गर्दै औपचारिक घोषणा गरिएको हो।

अभिनेत्री तथा निर्मात्री प्रज्ञा जोशीले फिल्म बनाउन लागेकी हुन्। करिब १७ बर्ष अघि निर्माण भएको चर्चित टेलिसिरियल अहिलेको पुस्तालाई मध्यनजर गर्दै पुनः निर्माण गर्न लागेको निर्मात्री जोशीले बताइन्। ‘अहिले पनि यो सिरियल सान्दर्भिक छ।’ जोशीले भनिन् ‘उत्कृष्ट बनाउन कोशिस गर्नेछौँ।’

पुराना कलाकारहरु नेपाल बाहिर रहेकोले नयाँलाई प्राथमिकता दिइएको जोशीले जानकारी दिइन्। शुभमुहूर्तमा कलाकार रविन्द्र खड्का, निर्देशक जनकदीप पराजुली, घनश्याम लामिछाने, ऋषि लामिछाने र लेखक प्रदीप भारद्धाज उपस्थित थिए।

सिरियलमा निर्मात्री जोशीसहित नवीन श्रेष्ठ, लक्ष्मी साभुल, प्रदीपराज गिरी, अश्मी थापा, दीपेन्द्र सोनाम, स्नेहा पौडेल, पूर्णिमा जीएम, टेकेन्द्र न्यौपाने, पवन केसीलगायतको अभिनय रहनेछ।

विनयराज पौडेलले सिरियलको लेखन तथा निर्देशन गर्नेछन्। दशकअघि उनले ‘सिन्दूर’ नामक फिल्ममा सहायक निर्देशनको काम गरेका थिए। सामाजिक तथा पारिवारिक कथामा आधारित यो सिरियल दर्शकमाझ निकै लोकप्रिय छ। प्रसारण हुने टेलिभिजनबारे खुलाइएको छैन।

प्रज्ञा फिल्म्सकाे ब्यानरमा बन्ने फिल्म मदन कश्यप घिमिरेले छायांकन गर्नेछन्।  सिरियलमा लय संग्रौलाको गीत लेखन र सम्राट थापाको संगीत रहनेछ।

प्रकाशित: २९ मंसिर २०८० १५:३९ | Friday, December 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast