काठमाडौँ- बिहिबार (आज) बिहानदेखि नेपाली हलहरुमा बलिउड फिल्म ‘डंकी’ प्रदर्शन भइरहेको छ।
फिल्ममा अभिनेता शाहरूख खान मूख्य भूमिकामा छन्। राजकुमार हिरानी निर्देशित फिल्ममा शाहरूखसहित तापसी पन्नू, विक्की कौशल, बोमन इरानी, सतीश शाह, दीया मिर्जालगायत कलाकारको अभिनय छ।
निर्देशक शिरानी र गौरी खानले लगानी गरेका छन्। मल्टिप्लेक्स हलहरुमा फिल्मले अतिरिक्त शो पाएको छ।
उपत्यकामा क्यूएफएक्सअन्तर्गतका हलहरुमा २७ शो छ। अन्य हल आईएनआई सिनेमाज, वान सिनेमाज, सिके सिनेमाज, रञ्जना सिनेप्लेक्स, बिग मुभिज, विश्वज्योति सिनेप्लेक्स, बिएसआर मुभिज, सीडीसी सिनेमाज, कीर्तिपुर सिनेप्लेक्समा फिल्मले शो छ।
प्रकाशित: ५ पुष २०८० १२:५७ | Thursday, December 21, 2023
प्रतिक्रिया





