विप्लवविरुद्ध पक्राउ पुर्जी जारी गरेर गलत गरियो : प्रधानमन्त्री दाहाल

हिमाल प्रेस १८ मंसिर २०८० १८:४१ | Monday, December 4, 2023
विप्लवविरुद्ध पक्राउ पुर्जी जारी गरेर गलत गरियो : प्रधानमन्त्री दाहाल

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवसहितका शीर्ष नेतालाई पक्राउ पुर्जी जारी गरेकोमा असन्तुष्टि व्यक्त गरेका छन्। सोमबार सिंहदरबारमा आयोजित सम्पादकहरूसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले विप्लवसहितका शीर्ष नेतालाई पक्राउ पुर्जी जारी गरेकोमा असन्तुष्टि व्यक्त गरेका हुन्।

‘जे भयो गलत भयो। सरकारले विप्लवहरूसँग सम्झौता गरिसकेको छ। सहमति गरेर उनीहरू शान्ति प्रक्रियामा आइसकेका छन्। शान्तिपूर्ण राजनीतिमै भएको हुनाले उनीहरूलाई फेरि फर्काएर अप्ठ्यारो पार्न हुँदैन। सबै बुझेर थप कुरा पछि आउँछ’ प्रधानमन्त्रीले भने।

गत मंसिर १० गतेको आदेशअनुसार अदालतले विप्लवसहितका शीर्ष नेतालाई साेमवार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को ५८(१३) ३५ दिनको पक्राउ पुर्जी जारी गरेको छ।  विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा, हेमन्तप्रकाश ओली, माइला लामा, राजु कार्की विरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी भएको हाे। विप्लव समाजवादी मोर्चामा सहभागी छन्।

२०७४ को निर्वाचनअघि राज्यविरुद्ध भूमिगत विद्रोह गरेको नेकपाले २०७६ साल फागुनमा सरकारसँग सम्झौता भएपछि शान्तिपूर्ण राजनीतिमा आएको हो। सम्झौताबमोजिम मुद्दा फिर्ता लिन नेकपाका नेताहरू सरकारलाई लगातार दबाब दिँदै आएका थिए।

नेकपामा महासचिव विप्लवसहित चार नेताविरुद्ध पक्राउ पुर्जी जारी [सूचनासहित]

 

प्रकाशित: १८ मंसिर २०८० १८:४१ | Monday, December 4, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast