जे गर्दा पनि हुने, जे बोल्दा पनि हुने अवस्थालाई कानुनले छुट दिन्न : सञ्चारमन्त्री

हिमाल प्रेस ८ पुष २०८० १९:३४ | Sunday, December 24, 2023
जे गर्दा पनि हुने, जे बोल्दा पनि हुने अवस्थालाई कानुनले छुट दिन्न : सञ्चारमन्त्री

विराटनगर- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सुशासन, आर्थिक समृद्धि र सेवा प्रवाहलाई सरकारले उच्च प्राथमिकता राखेको बताएकी छन्।

प्रेस सेन्टर मोरङद्वारा आज (आइतबार) आयोजित पत्रकार भेटघाटमा उनले शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउने दायित्व बोकेको सरकारले सुनकाण्ड, ललिता निवास प्रकरणजस्ता सुशासनका कामलाई व्यवस्थित ढंगले छानबिन गरेको बताइन्।

मन्त्री शर्माले अहिलेको व्यवस्थामा कोही पनि कानुनभन्दा ठूलो नहुने र गल्ती गर्नेलाई कानुनअनुसार कारबाही हुने धारणा राखिन्।

सरकारका प्रवक्ता शर्माले संविधान, लोकतन्त्र र गणतन्त्र व्यवस्थाको रक्षामा सरकार सफल भएको बताउँदै जे गर्दा पनि हुने, जे बोल्दा पनि हुने अवस्थालाई कानुनले छुट नदिने स्पष्ट पारिन्।

मिटर ब्याजीलाई कानुन बनाएर अपराध संहितामा राखिएको उल्लेख गर्दै उनले देश र जनतामा केन्द्रित नहुने विषयमा सरकारले छानबिन गर्ने स्पष्ट पारिन्। रासस

प्रकाशित: ८ पुष २०८० १९:३४ | Sunday, December 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast