गृहमन्त्रीको राजीनामा माग गर्दै रास्वपाको प्रदर्शन

हिमाल प्रेस १४ पुष २०८० १५:२० | Saturday, December 30, 2023
गृहमन्त्रीको राजीनामा माग गर्दै रास्वपाको प्रदर्शन

काठमाडौँ- बालकुमारी घटनाका विषयमा गृहमन्त्रीको राजीनामा माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदर्शन गरेको छ। ललितपुरको बालकुमारीस्थित ईपीएस कार्यालयअगाडि प्रदर्शन गर्दै रास्वपाले गृहमन्त्रीको राजीनामा माग गरेको हो।

राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ तथा सांसद तोसिमा कार्कीले हरेक नागरिकको बाच्न पाउने अधिकार हुँदाहुँदै पनि युवाले गरेको प्रदर्शनमा गोली चलाउनु दुःखद भएको बताइन्।

घटनामा गृह मन्त्रालयले छानबिन गरेको अवस्थामा नैतिकतामा आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने उनको माग छ।

उनले भनिन्, ‘प्रदर्शनमा सहभागीहरुले प्रधानमन्त्रीज्यू, १७ हजार प्लस २ भयो त? अझै कति?’ नालायक सरकार राजीनामा दे, मृतकलाई सहीद घोषणा गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए।

ललितपुरका सीडीओ पण्डित र एसएसपी शाहसहित पाँचजनाको जिम्मेवारी खोसुवा

प्रकाशित: १४ पुष २०८० १५:२० | Saturday, December 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast