कर्तव्य ज्यान मुद्दाको फैसलाप्रति लोसपाको आपत्ति

हिमाल प्रेस २९ मंसिर २०८० १६:१४ | Friday, December 15, 2023
कर्तव्य ज्यान मुद्दाको फैसलाप्रति लोसपाको आपत्ति लाेसपा अध्यक्ष महन्थ ठाकुर। फाइल तस्बिर

काठमाडौँ– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले कर्तव्य ज्यानसम्बन्धी मुद्दामा महोत्तरी जिल्ला अदालतको फैसलाप्रति असहमति रहेको जनाएको छ। अध्यक्ष महन्थ ठाकुरले शुक्रबार विज्ञप्ति जारी गर्दै मधेस प्रदेशका सांसद अभिराम शर्मालाई जन्मकैदको फैसला हुनुले स्तब्ध भएको उल्लेख गरेका छन्।

‘राजनीतिक अधिकार प्राप्तिको संघर्षमा लाखौँ जनता सडकमा उर्लेको सन्दर्भमा कसैको मृत्यु हुनु एउटा दुःखद् घटना हो नै तर तथ्य एवं वास्तविकता भन्दा विल्कुलै फरक ढंगले निर्दोष व्यक्तिहरूलाई समेत राजजीतिक पूर्वाग्रहको आधारमा फसाइएकोमा सम्मानीत अदालतबाट जन्मकैदसम्मको फैसला आउनुले हामी स्तब्ध तथा मर्माहत भएका छौँ,’ विज्ञप्तिमा भनिएको छ।

विद्यमान कानुन तथा न्यायिक प्रक्रियालाई आधार मानेर न्यायका लागि लोसपा नेपाल अगाडि बढ्ने विज्ञप्तिमा उल्लेख छ। सशस्त्र प्रहरीका असई थमन विकको हत्या मुद्दामा अदालतले बिहीबार नेकपा (एमाले)का प्रतिनिधिसभाका सांसद लक्ष्मी महतो कोइरीलाई सफाइ र लोसपाका शर्मालाई जन्मकैदको सजाय सुनाएको थियो।

प्रकाशित: २९ मंसिर २०८० १६:१४ | Friday, December 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast