नबिल बैंकले ऋणपत्र ल्याउँदै, ९ प्रतिशत ब्याजदर

हिमाल प्रेस २७ मंसिर २०८० १६:२३ | Wednesday, December 13, 2023
नबिल बैंकले ऋणपत्र ल्याउँदै, ९ प्रतिशत ब्याजदर

काठमाडौँ– नबिल बैंक लिमिटेडले तीन अर्ब रूपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले प्रतिकित्ता एक हजार रूपैयाँका दरले ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो।

कुल ३० लाख कित्ता ऋणपत्रमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई र एक अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बताइएको छ। सर्वसाधरणलाई छुट्याइएको १२ लाख कित्तामध्ये ५ प्रतिशत अर्थात ६ करोड रुपैयाँ बराबरको ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।

सर्वसाधारणले न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्तासम्म लगानी गर्न सक्नेछन्। ७ वर्ष अवधि रहेको ऋणपत्रमा लगानीकर्ताले ९ प्रतिशत ब्याजदर पाउनेछन्। यो ऋणपत्र २९ मंसिरदेखि छिटोमा ३ पुससम्म र ढिलोमा १३ पुससम्म खुला गरिने बैंकले जनाएको छ।

प्रकाशित: २७ मंसिर २०८० १६:२३ | Wednesday, December 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast