श्रीलंकासँग जित्दै न्युजिल्याण्ड सेमिफाइनल नजिक

हिमाल प्रेस २३ कार्तिक २०८० २०:५७
14
SHARES
श्रीलंकासँग जित्दै न्युजिल्याण्ड सेमिफाइनल नजिक

काठमाडौँ- आईसीसी विश्वकप क्रिकेट २०२३ मा श्रीलंकालाई न्युजिल्याण्डले ५ विकेटले हराएको छ। १७२ रनको लक्ष्य पाएको न्युजिल्याण्डले २३.२ ओभरमा ५ विकेट गुमाएर जितेको हो।

भारतको बेंगलुरुमा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ४६.४ ओभरमा अलआउट हुँदै १७१ रन बनाएको थियो। जवाफमा ब्याटिङ गरेको न्युजिल्याण्डले फराकिलो रनरेट कायम गर्दै खेल जितेको हो। न्युजिल्याण्डको जितमा डेवोन कन्वेले ४५, रचिन रवीन्द्रले ४२ र डेरिल मिचेलले ४३ रनको योगदान दिए।

यस जितसँगै न्युजिल्याण्डको सेमिफाइनल सम्भावना बलियो बनेको छ। न्युजिल्याण्ड ९ खेलमा १० अंकसहित चौथो स्थानमा पुगेको छ। १-१ खेल बाँकी रहेका अफगानिस्तान न र पाकिस्तानलेमात्रै १० अंक पुर्‍याउने सम्भावना छ।

दुवै टिमले १० अंक पुर्‍याएमा मात्रै सेमिफाइनल पुग्ने छैनन्। नेट रनरेट पनि न्युजिल्याण्डकोभन्दा राम्रो हुनुपर्नेछ। नेट रनरेट राम्रो हुनका लागि पाकिस्तानले इंग्लयाण्ड र अफगानिस्तानले साउथ अफ्रिकासँग निकै फराकिलो अन्तरले जित्नुपर्ने छ।

यसअघि ८ खेलमा ८ जितसहित अंक तालिकाको शीर्ष स्थानमा रहँदै भारत सेमिफाइनल पुगिसकेको छ। त्यस्तै ८ खेलमा १२ अंकसहित साउथ अफ्रिका र अस्ट्र्लिया पनि सेमिफाइनल पुगिसकेका छन्।

प्रकाशित: २३ कार्तिक २०८० २०:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − six =