शीर्ष नेतालाई राजनीतिबाट विश्राम लिन गगन थापाको सुझाव

हिमाल प्रेस २१ कार्तिक २०८० २०:२३
14
SHARES
शीर्ष नेतालाई राजनीतिबाट विश्राम लिन गगन थापाको सुझाव फाइल तस्बिर

काठमाडौँ- गणतन्त्र जोगाउन र राजावादीका क्रियाकलापको प्रतिरोध गर्ने ठूला दलसहितको बैठकप्रति कांग्रेस महामन्त्री गगन थापाले असन्तुष्टि व्यक्त गरेका छन्। मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहलमा सिंहदरबारमा शीर्ष नेताको बैठक बसेको थियो।

कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओलीलगायत ठूला दलका नेताको सहभागितामा सम्पन्न बैठकले राजावादीका क्रियाकलापको प्रतिवाद गर्ने निष्कर्ष निकालेको थियो। पछिल्लो समय व्यवसायी दुर्गा प्रसाईले मुलुकमा राजा चाहिने भन्दै अभियान चलाएका छन्।

सोही अभियानको प्रतिवाद गर्न र गणतान्त्रिक व्यवस्था यथावथ् हुनुपर्ने भन्दै मंगलबार प्रमुख दलका शीर्ष नेताले सिंहदरबार बैठक गरेका हुन्। बैठकप्रति प्रतिक्रिया दिँदै कांग्रेस महामन्त्री थापाले शीर्ष गणतन्त्र जोखिममा भए शीर्ष नेताबाटमात्रै भएको प्रतिक्रिया दिएका छन्।

उनले व्यवस्था जोखिममा भए शीर्ष नेताबाटै भएको भन्दै राजनीतिबाट राजीनामा दिन थापाले सुझाव दिएका छन्। ‘यो गणतान्त्रिक व्यवस्था स्थापना गर्न तपाईंहरू(शीर्ष नेता)ले निभाउनु भएको भूमिका महत्त्वपूर्ण छ। इतिहासले सधैँ सम्झिने छ। तपाईंहरू फेरि भन्दै हुनुहुन्छ यो व्यवस्था बलियो बनाउन एकजुट हुनु पर्‍यो,’ उनले फेसबुकमा लेखेका छन्, ‘मैले भन्दै आएको छु, फेरी भन्छु-‘तपाईं शीर्ष नेताहरूले यो व्यवस्थामा गर्न र दिन सक्ने सबै योगदान दिइसक्नुभयो। अब सक्रिय राजनीतिबाट विश्राम लिदिनु भयो भने, यो व्यवस्थालाई कसैले केही गर्नै सक्दैन।’

यो व्यवस्थालाई बलियो बनाउन तपाईहरू एकजुट भएर यही एउटा मात्रै काम गरिदिनुहोस् उनले लेखेका छन्, ‘इतिहासले तपाईंहरूलाई अझै श्रद्धापूर्वक सम्झिने छ,सम्मान गर्नेछ। र, गणतन्त्र विरुद्ध जस्तो अराजक आवाजहरू उठिरहेका छन्, ती आवाजहरू आफैँ हराउँदै जानेछन्। आम जनतामा व्यवस्था प्रतिको विश्वास अझै मजबुत हुनेछ।’

सर्वदलीय बैठक : व्यवस्थामाथि आक्रमण गर्नेविरुद्ध मिलेर प्रतिवाद गर्ने

प्रकाशित: २१ कार्तिक २०८० २०:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 7 =