भूकम्प प्रभावितलाई वीरेन्द्रनगर नपाले २६ लाख सहयोग गर्ने

हिमाल प्रेस २१ कार्तिक २०८० १७:४७
14
SHARES
भूकम्प प्रभावितलाई वीरेन्द्रनगर नपाले २६ लाख सहयोग गर्ने

सुर्खेत- सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले भूकम्प प्रभावितको पुनर्स्थापना कोषमा २६ लाख रुपैयाँ सहयोग गर्ने भएको छ। नगर कार्यपालिकाको आज बसेको बैठक उक्त निर्णय गरेका हो।

नगरपालिकाको १६ वटै वडाको वडा विपद् कोषबाट १ लाखका दरले १६ लाख र नगर विपद् कोषबाट १० लाख गरी जम्मा २६ लाख रुपैयाँ सहयोग गर्ने नगर प्रमुख मोहनमाया ढकालले जानकारी दिइन्।

यस्तै भूकम्प पीडित परिवारका बालबालिका वीरेन्द्रनगरको सामुदायिक विद्यालयमा अध्यनरत भएकालाई नगरपालिकाभित्र अध्ययन गर्न चाहानेका लागि नगर शिक्षा विकास कोषमार्फत नि:शुल्क रुपमा अध्ययनको व्यवस्थापन गर्ने जनाएको छ ।

नगरपालिकाले भूकम्पमा परी जाजरकोट जिल्लाको नलगाड नगरपालिकाका नगर उप-प्रमुख सरिता सिंहलगायत जाजरकोट तथा पश्चिम रुकुममा ज्यान गुमाउनुहुनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मृतककाप्रति गहिरो समवेदना र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छ।

प्रकाशित: २१ कार्तिक २०८० १७:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 1 =