तिहार नजिकिएसँगै उपभोग्य वस्तुको मूल्य महँगियो

हिमाल प्रेस २१ कार्तिक २०८० ८:३२
2
SHARE
तिहार नजिकिएसँगै उपभोग्य वस्तुको मूल्य महँगियो

काठमाडौँ- तिहार नजिकिएसँगै बजारमा सबैजसो उपभोग्य वस्तुको मूल्य महँगिएको छ।

सरकारको ध्यान भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुममा केन्द्रित हुँदा केही व्यापारीले यही मौका छोपी आफूखुसी मूल्य तोकेपछि अधिकांश उपभोग्य वस्तुका मूल्य महँगिएको हो।

उद्योगी तथा व्यापारीहरूले यही मौका छोपेर आफूखुसी मूल्य तोकेर बिक्री गरेका छन्। यता उपभोक्ता भने व्यापारीले जति भने पनि किन्न बाध्य भएका छन्। उपभोक्ता अधिकारकर्मी माधव तिमलसिनाले सरकार, राजनीतिक दल, सुरक्षाकर्मी, नियमन कर्मचारी, पत्रकार सबै भूकम्प प्रभावित केन्द्रित भएको मौका छोपी व्यापारीले मनलाग्दी हरेक उपभोग्य वस्तुको मूल्य बढाएको बताए।

उनले भने, ‘यो बेलामा सरकारका नियमनकारी निकायको अनुगमनलाई झन् चुस्त दुरुस्त बनाउनुपर्नेमा, बजारमा गुणस्तरहीन वस्तु, कालो बजारी मौलाएको छ, बजार मूल्य मात्रै नभएर गुणस्तरमा पनि त्यतिकै समस्या देखिएको छ।’

नेपाल खुद्रा व्यापार संघको तथ्यांक अनुसार पछिल्लो समय अधिकांश वस्तुको मूल्य बढेको छ। संघका कार्यवाहक अध्यक्ष नरेशबाबु शाहीले पछिल्लो समयमा दैनिक उपभोगका लागि आवश्यक पर्ने हरेक वस्तुको मूल्य बढेर आएको बताए।

उनले भने, ‘पछिल्लो पटक चिनी, दाल, गेडागुडी चामल मात्रै होइन, हरेक, वस्तुको मूल्य बढेर आएको छ, कारण खोज्दा खासै भेटिँदैन, पछिल्लो महँगी चाडपर्वकै असर हो।’ यो गोरखापत्र दैनिकमा आज प्रकासित समाचार हो ।

प्रकाशित: २१ कार्तिक २०८० ८:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =