भूकम्प प्रभावितका परिवारलाई काठमाडौँबाट घर जान रास्वपाको नि:शुल्क बस

हिमाल प्रेस १८ कार्तिक २०८० १८:२६
10
SHARES
भूकम्प प्रभावितका परिवारलाई काठमाडौँबाट घर जान रास्वपाको नि:शुल्क बस

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जाजरकोट र रुकुमपश्चिममा भूकम्प प्रभावित परिवारका सदस्यले काठमाडौँबाट फर्किन चाहेमा निःशुल्क बसको व्यवस्था गरेको छ।

रास्वपाले जाजरकोट र रुकुमपश्चिम जानुपर्ने भएमा शनिबार साँझ र आइतबार बिहानका लागि निःशुल्क बसको व्यवस्था गरिएको जानकारी गराएको हो। गोंगबुस्थित बसपार्कबाट बस जाने भएकाले ९८४०२६६७९७ मा मदन थापालाई सम्पर्क गरी नाम टिपाउन सक्ने रास्वपाको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १८ कार्तिक २०८० १८:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 3 =