२००३ यता विश्वकपमा न्युजिल्याण्डसँग साउथ अफ्रिकाको पहिलो जित

हिमाल प्रेस १५ कार्तिक २०८० २१:२९
8
SHARES
२००३ यता विश्वकपमा न्युजिल्याण्डसँग साउथ अफ्रिकाको पहिलो जित

काठमाडौँ- क्रिकेट विश्वकप २०२३ मा साउथ अफ्रिकाले न्युजिल्याण्डलाई विशाल अन्तरले पराजित गरेको छ। ३५८ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्ड १६७ रनमा अलआउट भएपछि साउथ अफ्रिका १९० रनले विजयी भएको हो।

विजयी टिमका लागि केशव महराजले ४ तथा म्यार्को ज्यानसेनले ३ विकेट लिए। यसअघि भारतको पुनेमा टस हारेर ब्याटिङ गरेको साउथ अफ्रिकाले ५० ओभरमा ४ विकेटको क्षतिमा ३५७ रन बनाएको थियो।

साउथ अफ्रिकाका लागि ओपनर क्विन्टन डी ककले ११४ रन तथा तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका रस्सी भ्यानडर डुसेनले १३३ रनको शतकीय इनिङ्स खेले। त्यस्तै डेभिड मिलरले ३० बलमा ५३ रन बनाउँदै अर्धशतकीय इनिङ्स खेले।

न्युजिल्याण्डका लागि विल योङले ३३ रन, डिरेल मेचलले २४ तथा ग्लेन फिलिप्सले अर्धशतकीय इनिङ्स खेल्दै ६० रन बनाए। यसअघि सन् २००३ यता २०१९सम्म साउथ अफ्रिका र न्युजिल्याण्डबीच पाँचवटा विश्वकपमा ५ पटक भिडन्त भएको थियो।

ती सबै खेल न्युजिल्याण्डले नै जितेको थियो। पछिल्लो ६ वटा विश्वकपमा साउथ अफ्रिकाले न्युजिल्याण्डसँग पहिलोपटक जितेको हो।

प्रकाशित: १५ कार्तिक २०८० २१:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =