माघ ११ गते राष्ट्रियसभा निर्वाचन गर्न आयोगको प्रस्ताव

हिमाल प्रेस ७ मंसिर २०८० १६:१७
10
SHARES
माघ ११ गते राष्ट्रियसभा निर्वाचन गर्न आयोगको प्रस्ताव

काठमाडौँ- निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको निर्वाचन गर्न माघ ११ गतेको मिति प्रस्ताव गरेको छ। आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले माघ ११ गते निर्वाचन गर्ने गरी सरकारलाई मिति प्रस्ताव गरिएको बताए।

आयोगका पदाधिकारीहरूले बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्षलाई भेटेर मिति प्रस्ताव गरेको हो। प्रधानमन्त्रीले पनि आयोगले तोकेअनुसार नै मन्त्रिपरिषदबाट निर्णय गर्ने प्रतिबद्धता व्यक्त गरेको प्रवक्ता पौडेलले बताए।

फागुन २० गते राष्ट्रिय सभाका एक तिहाइ सदस्यको पदावधि समाप्त हुँदैछ। राष्ट्रिय सभा सदस्‍य निर्वाचन ऐन, २०७५ बमोजिम रिक्त हुने समयभन्दा ३५ दिन पहिले नै निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्था छ।

प्रकाशित: ७ मंसिर २०८० १६:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 3 =