वैदेशिक रोजगार सन्तति छात्रवृत्तिका लागि दरखास्त आह्वान

हिमाल प्रेस ५ मंसिर २०८० ११:१२
6
SHARES
वैदेशिक रोजगार सन्तति छात्रवृत्तिका लागि दरखास्त आह्वान

काठमाडौँ- वैदेशिक रोजगार बोर्डको सचिवालयले वैदेशिक रोजगार सन्तति छात्रवृत्तिका लागि दरखास्त आह्वान गरेको छ।

बोर्डले श्रम स्वीकृति लिइ वैधानिकरूपमा वैदेशिक रोजगारमा गइ करार अवधिभित्र मृत्यु भएका, पूर्णरुपमा अशक्त वा गम्भीर बिरामी अवस्थामा रहेका कामदारको छोराछोरीका लागि छात्रवृत्ति प्रदान गर्ने गरेको छ।

सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यालयस्तर ९पूर्व प्राथमिक कक्षा वा नर्सरी वा सो सरहदेखि कक्षा १२ सम्म०का १८ वर्षमुनीका बालबालिकाहरुले छात्रवृत्ति पाउने गरेका छन्। बोर्डले वैदेशिक रोजगार छात्रवृत्ति सञ्चालन कार्यविधि २०८० अनुसार आगामी पुस ८ गतेभित्र निवेदन दिन सकिने बताएको छ।

श्रम स्वीकृति लिइ वैदेशिक रोजगारमा गइ मृत्यु वा अंगभंग वा बिरामी भइ वैदेशिक रोजगार बोर्डबाट शतप्रतिशत आर्थिक सहायता लिएका कामदारका छोराछोरीले वार्षिकरूपमा आधारभूत तहका लागि १२ हजार र माध्यमिक तहका लागि १६ हजार रुपैयाँ छात्रवृत्ति पाउने गरेका छन्।

प्रकाशित: ५ मंसिर २०८० ११:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − six =