
काठमाडौँ– नेपाल समाजवादी पार्टी (नेसपा) अध्यक्षद्वय डा.बाबुराम भट्टराई, महिन्द्रराय यादव र सहअध्यक्ष गंगानारायण श्रेष्ठबीच बैठक जारी छ। बैठक सामाखुसीस्थित नेसपाका एक नेताको घरमा जारी छ।
तत्काल नेकपा माओवादी केन्द्रसँग पार्टी एकताको पक्षमा रहेका यादव र श्रेष्ठसँग डा.भट्टराईले कुराकानी गरेको भट्टराईनिकट एक नेताले जानकारी दिए।
गोप्य बैठकमा यादव र श्रेष्ठले भट्टराईलाई माओवादीसँग पार्टी एकता गर्नु नै अहिले उत्तम विकल्प रहेको बताएको स्रोतको भनाइ छ। भट्टराईले भने यादव र श्रेष्ठलाई अहिल्यै हतार नगर्न र मिलेरै वैकल्पिक शक्तिको अभियानमा लाग्न बताएको ती नेताले हिमाल प्रेसलाई जानकारी दिए।
प्रकाशित: ४ मंसिर २०८० १८:०१
प्रतिक्रिया