धनगढी- धनगढीमा विद्युत सर्ट भएर आगलागी भएको छ।
खाद्य संस्थानको भवनमा रहेको सारथी अस्पतालसहितका पसलमा शुक्रबार राति १ बजे आगलागी भएको प्रहरीले जनाएको छ।
कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) देवेन्द्र पालले विद्युत् सर्ट भएर आगलागी हुँदा सारथी अस्पताल, भण्डारी सुज सेन्टरलगायतका पसलमा क्षति पुगेको जानकारी दिए।
एसपी पालले धनगढी, गोदावरी र पुर्नवास नगरपालिकाका चार वटा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको बताए।
आगलागीबाट सारथी अस्पताल र भण्डारी सुज सेन्टरसँग जोडिएका अन्य ८ वटा पसलमा समेत क्षति भएको छ। क्षतिको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
प्रकाशित: २ मंसिर २०८० ७:५२
प्रतिक्रिया