सचिनको रेकर्ड उनकै घरेलु मैदानमा ‘ब्रेक’

हिमाल प्रेस २९ कार्तिक २०८० १९:००
12
SHARES
सचिनको रेकर्ड उनकै घरेलु मैदानमा ‘ब्रेक’

काठमाडौँ- विराट कोहलीले एक दिवसीय क्रिकेटमा सचिन तेन्दुलकरको ४९ शतकको रेकर्ड तोडेका छन्। सचिनले आफ्नै घरेलु मैदानमा आफ्नो रेकर्ड तोडेकोप्रति विराटलाई बधाई दिएका छन्।

तेन्दुलकरले पहिलोपटक आफ्नो टिमको ड्रेसिङ रुममा भेट्दा विराटले आफ्नो खुट्टा छोएकाले मजाक उडाइएको स्मरण गर्दै ५०औँ शतक बनाउँदा मन छोएको प्रतिक्रिया दिएका छन्। त्यतिबेला खुट्टा छुँदा सबै हाँसेर उडाइएको र आफूले पनि हाँसो रोक्न नसेको सचिनले उल्लेख गरेका छन्।

आज आफ्नै घरेलु मैदानमा आफ्नो ४९ शतकको रेकर्ड तोड्दा निकै खुसी लागेको सचिनले बताएका छन्। यसअघि करिब एक दशक अघि भारतीय टिम श्रीलंका भ्रमणमा हुँदा विराटले पहिलोपटक सचिनलाई भेटेका थिए।

पहिलोपटक सचिनलाई भेट्दा उनका सहकर्मीहरूले सचिन क्रिकेटको भगवान भएकाले पहिलोपटक भेट्दा उनको खुट्टा ढोग्नुपर्ने भन्दै मजाक गरेका थिए।

विराटले एक अन्तरवार्तामा साथीहरूले मजाक गरे पनि आफूले पत्याएर सचिनको खुट्टा ढोगेको स्वीकार गरेका छन्। विराटले बुधबार मुम्बईस्थित वानखडे स्टेडियममा ११७ रनको इनिङ्स खेल्दै सचिनको ४९ शतकको रेकर्ड तोडेका थिए।

शतक लगाएर विराटले सेलिब्रेसन गर्दा दर्शक दीर्घाबाट सचिनले तालि बजाउँदै खुसी व्यक्त गरे। विराटकी पत्नी अनुष्का शर्माले ‘फ्लाइङ किस’ गर्दै विराटको शतकमा खुसी व्यक्त गरिन्।

विराटले आफूले सचिनको रेकर्ड उनकै आँखा अगाडि तोडेको भन्दै खुसीको सीमा नरहेको बताए। उक्त खुसी व्यक्त गर्न नसक्ने विराटले बताए। सचिन र अनुष्काकै उपस्थितमा ५०औँ शतक गर्दाको खुसी व्यक्त गर्न नसक्ने विराटको भनाइ छ।

भारतले न्युजिल्यान्डलाई दियो ३९८ रनको लक्ष्य

प्रकाशित: २९ कार्तिक २०८० १९:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 16 =