टिकटक बन्द नगर्ने इन्टरनेट कम्पनीलाई कारबाही गर्ने सरकारको चेतावनी

हिमाल प्रेस २८ कार्तिक २०८० १९:०२
14
SHARES
टिकटक बन्द नगर्ने इन्टरनेट कम्पनीलाई कारबाही गर्ने सरकारको चेतावनी

काठमाडौँ- टिकटक बन्द नगर्ने इन्टरनेट सेवा प्रदाय कम्पनीलाई कारबाही गर्ने चेतावनी सरकारले दिएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले मन्त्रिपरिषद्को निर्णयअनुसार दिइएको निर्देशन कार्यान्वयन नभएकाले टिकटक बन्द नगर्ने इन्टरनेट सेवा प्रदायक कम्पनीलाई कारबाही गर्ने चेतावनी दिएको हो।

मंगलबार सूचना प्रकाशित गर्दै प्राधिकरणले मन्त्रिपरिषद्को कार्तिक २७ गतेको निर्णयअनुसार सबै इन्टरनेट सेवा प्रदायक कम्पनीलाई निर्देशन दिइए पनि केही कम्पनीले अझै बन्द नगरेको बताएको छ।

प्राधिकरणको निर्देशन पालना गर्नु सेवा प्रदायकको कर्तव्य रहेको उल्लेख गर्दै प्राधिकरणले पालना नगर्दा दूरसञ्चार ऐन २०५३को दफा ४७ अनुसार कारबाही अघि बढाइने सूचनामार्फत चेतावनी दिएको छ।

 

 

प्रकाशित: २८ कार्तिक २०८० १९:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast