मुगु सामूहिक हत्या प्रकरण : दुई जना पक्राउ

हिमाल प्रेस २४ कार्तिक २०८० १८:०८
52
SHARES
मुगु सामूहिक हत्या प्रकरण : दुई जना पक्राउ

सुर्खेत- मुगुमा भएको सामूहिक हत्या आरोपमा काका र देवर नाता पर्ने दुई जना पक्राउ परेका छन्। कात्तिक १० गते बिहान मुगुको छायानाथ रारा नगरपालिका-६, मुन्दु गाउँमा एकै परिवारका चार जनाको हत्या भएको थियो।

कात्तिक ८ गते दसैँको रात उनीहरूको हत्या गरिए पनि दुई दिनपछि अर्थात् कात्तिक १० गते बिहान करिब ९ बजे मात्र उक्त घटनाको सूचना प्रहरीसम्म पुगेको थियो।

खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मुगुबाट प्रहरी टोली घटनास्थलतर्फ लाग्यो। प्रहरी घटनास्थलमा पुगेपछि घरमा नयाँ ताल्चा लगाएको अवस्थामा २८ वर्षीया श्रीदेवी बोहरा, उनका ८ महिनाका छोरा रहर, ८ वर्षीया छोरी अप्सरा र ११ वर्षीय छोरा मनोजको शव फेला पार्‍यो। त्यसपछि प्रहरीले सिंगो गाउँलाई निगरानीमा राखेर अनुसन्धान थाल्यो। यसको दुई हप्तापछि प्रहरीले २ जना आफन्तलाई पक्राउ गरेको छ।

प्रहरी स्रोतका अनुसार घटनामा संलग्न आशंकामा मुगुको छायानाथ रारा नगरपालिका–७ घर भई हाल बाँके चिसापानी बस्ने ३१ वर्षीय गोर्खराज शाही र मुगुकै मृतककै गाउँका ३१ वर्षीय गोपालबहादुर बोहरालाई पक्राउ गरिएको हो।

गोर्खराजलाई प्रहरीले गएको सोमबार बाँकेको कोहलपुरबाट प्रकाउ गरेको हो। उनलाई पक्राउ गरी मुगु ल्याएर थप अनुसन्धान गर्दा मुन्दु गाउँकै गोपाल बोहरा पनि पक्राउ परेको स्रोतले जानकारी दिएको छ।

गोर्खराजबारे छानबिन गर्दा उनले घटनामा बोहरा पनि संलग्न रहेको बताएपछि उनलाई पनि प्रहरीले पक्राउ गरेको हो। हत्या आरोपित गोर्खराज श्रीदेवीका काका र गोपाल देवर नाता पर्छन्।

प्रकाशित: २४ कार्तिक २०८० १८:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − four =