सुनसरीको एक सहकारीबाट ५ लाख रूपैयाँ चोरी

हिमाल प्रेस ६ मंसिर २०८० १९:३० | Wednesday, November 22, 2023
सुनसरीको एक सहकारीबाट ५ लाख रूपैयाँ चोरी

इटहरी- सुनसरीको एक सहकारीबाट ५ लाख रूपैयाँ चोरी भएको छ। गढी गाउँपालिका-३ स्थित साना किसान कृषि सहकारी संस्थाबाट मंगलबार राति रकम चोरी भएको हो।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मीका अनुसार अज्ञात समूहले राति साढे ११ बजेतिर सहकारी संस्थामा प्रवेश गरेर रकम चोरी गरेका हुन्। चोरहरूले सहकारीको लकर फोडेर रकम चोरेको उनले जानकारी दिए।

घटनामा संलग्न भएको आशंकामा बुधबार साँझ एक जनालाई पक्राउ गरिएको एसपी रेग्मीले बताए। अनुसन्धानकै क्रममा रहेको भन्दै पक्राउ परेकाको पहिचान प्रहरीले खुलाएको छैन।

सीसी क्यामेरा फुटेज हेरेर शंकास्पद उनलाई नियन्त्रणमा लिएर सोधपुछ सुरु गरिएको र थप अनुसन्धानपछि घटनाको वास्तविकता खुल्ने एसपी रेग्मीको भनाइ छ।

सहकारीका अध्यक्ष देवनारायण मण्डलले रकमबाहेक अरू केही चोरी नभएको जानकारी दिए। सहकारीको कागजात भने यत्रतत्र छरिएको अवस्थामा फेला परेको उनको भनाइ छ।

प्रकाशित: ६ मंसिर २०८० १९:३० | Wednesday, November 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast