माइतीघर-बानेश्वर क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको भन्दै पर्‍यो सर्वोच्चमा रिट

हिमाल प्रेस ५ मंसिर २०८० १४:५५ | Tuesday, November 21, 2023
माइतीघर-बानेश्वर क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको भन्दै पर्‍यो सर्वोच्चमा रिट सर्वोच्च अदालत

काठमाडौँ- काठमाडौँकझ माइतीघर-बानेश्वर क्षेत्रको सडक क्षेत्रलाई निषेधित घोषणा गरेको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। अधिवक्ता स्वागत नेपालले जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म तोकेको निषेधित क्षेत्रविरूद्ध सर्वोच्चमा रिट निवेदन दिएका हुन्।

रिटमाथिको सुनुवाइको लागि बुधबारलाई पेसी तोकिएको छ। नेकपा एमालेनिकट युवा संघ नेपाल र दुर्गा प्रसाईको समूहले मंसिर ७ गते नै एकै समयमा माइतीघर-बानेश्वर क्षेत्रमा प्रदर्शन गर्ने तयारी गरेपछि जिल्ला प्रशासनले एक महिनासम्म निषेध गर्ने निर्णय गरेको छ।

अधिवक्ता नेपालले जनताको स्वतन्त्रतामाथि सरकारले हस्तक्षेप गरेको उल्लेख गर्दै रिट दायर गरेका हुन्।

प्रकाशित: ५ मंसिर २०८० १४:५५ | Tuesday, November 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast