सांकेतिक तस्बिर।
काठमाडौँ– नक्कली श्रम स्वीकृति बनाएको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो।
पक्राउ पर्नेहरूमा गोरखाको सुलिकोट गाउँपालिका–४ घर भई काठमाडौं बस्दै आएका २३ वर्षीय अजित फेवाली र सोही ठाउँका २१ वर्षीय विपिन ढकाल छन्। भिजिट भिसामा विदेश जान लागेका व्यक्तिहरूको कागजात शंकास्पद देखिएपछि विमानस्थलले अनुसन्धानका लागि भन्दै अपराध अनुसन्धान कार्यालयमा पठाएको थियो।
जसमध्ये सुजल हेङजुङको श्रम स्वीकृति नक्कली रहेको देखिएपछि प्रहरीले थप अनुसन्धान अघि बढाएको थियो। जस क्रममा उक्त नक्कली श्रम स्वीकृत फेवाली र ढकालले बनाएको पाइएपछि उनीहरूलाई पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका एसपी मिलन केसीले जानकारी दिए।
प्रकाशित: १६ कार्तिक २०८० १३:२१ | Thursday, November 2, 2023
प्रतिक्रिया





