फाइल तस्बिर
काठमाडौँ- जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ। सोमबार अपराह्न ४ बजेर ३१ मिनेटमा ५.८ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जानकारी दिएको छ।
यसअघि गत शुक्रबार राति रामीडाँडा केन्द्र भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो। उक्त भूकम्पमा परी डेढ सय जनाभन्दा बढीले ज्यान गुमाउनुका साथै भौतिक संरचनामा ठूलो क्षति भएको छ। रासस
प्रकाशित: २० कार्तिक २०८० १७:०६ | Monday, November 6, 2023
प्रतिक्रिया





