‘कांग्रेसलाई कमजोर बनाएर उपलब्धि उल्ट्याउन खोजियो’

हिमाल प्रेस २६ असोज २०८० १६:२०
14
SHARES
‘कांग्रेसलाई कमजोर बनाएर उपलब्धि उल्ट्याउन खोजियो’

गोरखा– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली कांग्रेसलाई कमजोर बनाएर देशले हासिल गरेको उपलब्धि उल्ट्याउन खोजिएको बताएका छन्।

गृहजिल्ला गोरखामा नेपाली कांग्रेस जिल्ला पार्टीले आज आयोजना गरेको जिल्ला सम्मेलनमा बोल्दै उनले अहिलेसम्म प्राप्त उपलब्धीहरूलाई उल्ट्याउनको लागि काँग्रेसलाई कमजोर बनाउने प्रयासहरू भइरहेको उल्लेख गरे।

‘संविधान, समावेशीता, समानुपातीक पद्धती, धर्म निरपेक्षतालगायत धेरै विषय कसैलाई केही, कसैलाई केही मन परेको छैन’, मुख्यमन्त्री पाण्डेले भने, ‘उपलब्धि उल्ट्याउन कांग्रेसलाई कमजोर बनाउने तत्वहरू अहिले सल्बलाएका छन्। प्राप्त उपलब्धिको रक्षा गर्दै देश बिकासमा अघि बढ्नुपर्ने छ।’

गोरखाको नेपाली कांग्रेस भित्रको एकता र आत्मीयतालाई कायम राख्नुपर्ने बताउँदै उनले कहिलेकाँही खल्बल्याउने प्रयत्न देखिने गरेको उल्लेख गरे। ‘अधिवेशन, महाधिवेशन, निर्वाचनको टिकटका विषयलाई लिएर संगठन कमजोर बनाउने होईन’ मुख्यमन्त्री पाण्डेले भने ‘संगठन सुदृढ बनाए आगामी निर्वाचनमा कसरी जित्ने? त्यो अनुसार अघि बढ्ने हो।’ कांग्रेसभित्र हरेक तहमा अब्बल पात्र धेरै रहेको बताउँदै केन्द्रीय सदस्य समेत रहेका मुख्यमन्त्री पाण्डेले व्यवस्था अनुसार सबैले एकैपटक नेतृत्व गर्न नमिल्ने कुरा बुझ्नुपर्ने सुझाए।

कांग्रेस नेतृत्वको स्थानीय तह, प्रदेश र संघ सरकारले गरेका, भएका राम्रा कामलाई जनताको विचमा लैजान नसकेको उनले तर्क छ। ‘गण्डकी प्रदेश सरकारको नेतृत्व मैले गरिरहेको छु, बिकासको बारेमा कांग्रेस कार्यकर्ता र जनताले शिर झुकाउन नपर्ने गरी सरकारले आफ्नो क्षमताले भ्यायसम्म काम गर्ने छ’ उनले भने।

औँला ठड्याउने अवस्था आउन नदिने गरि गण्डकी सरकारले जनताको पक्षमा काम गर्ने मुख्यमन्त्री पाण्डेले बताएका छन्। कांग्रेस जिल्ला सभापति नन्दप्रसाद न्यौपानेको अध्यक्षता र कांग्रेस महामन्त्री गगन थापाको प्रमुख आथित्यतामा जिल्ला सम्मेलन भएको हो।

प्रकाशित: २६ असोज २०८० १६:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + eleven =