ज्वाइँले गरे जेठीसासूको हत्या

हिमाल प्रेस २३ असोज २०८० ११:५५
28
SHARES
ज्वाइँले गरे जेठीसासूको हत्या

इटहरी- इटहरीमा खुकुरी प्रहार गरी एक महिलाको हत्या भएको छ। इटहरी उपमहानगरपालिका वडा नं १७ मझौरा टोलस्थित एक महिलाको हत्या भएको हो।

स्थानीय ४० वर्षीय नीमा तामाङले ३५ वर्षीया कमला तामाङको हत्या गरेका हुन्। उनीहरूबीचको सम्बन्ध जेठी सासू-ज्वाइँ (नीमाले कमलाकी बहिनी बिहे गरेको) रहेको छ । नीमाले कमलाको घाँटीमा पटकपटक खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

इलाका प्रहरी कार्यालय पकलीका प्रहरी निरीक्षक केशव गौतमकाअनुसार घटना सोमबार दिउँसो ३ः४५ बजेतिरको हो। खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी कमलाको विराटनगरस्थित आर्या न्यूरो अस्पतालमा उपचारको क्रममा सोमबार साँझ ६ः२० बजेतिर मृत्यु भएको गौतमले पुष्टि गरे।

‘मृतक बहिनीसँग नीमाले पहिला बिहे गरेको र अहिले डिभोर्स भएको भनिएको छ । हामीले पूर्ण रूपमा बयान लिइसकेका छैनौँ,’ गौतमले भने, ‘आज जिल्ला अदालतबाट म्याद थप गरिएपछि थप बयान लिन्छौँ, त्यसपछि घटनाको कारण खुल्नेछ।’

घरायसी कारणले नै हत्या भएको हुनसक्ने उनले बताए। अदालतबाट मंगलबार म्याद थप गरिएपछि आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाइने उनको भनाइ छ।

स्थानीयबासीका अनुसार घरायसी व्यवहार बिग्रिएका कारण जेठीसासु कमलाको नीमाले हत्या गरेका हुन्। यसअघि पनि सामान्य विवाद हुँदै आएको र यसपटक भने खुकुरी नै बोकेर नियोजित ढंगबाट प्रहार भएको स्थानीयको दाबी छ।

मृतक कमलाका श्रीमान वैदेशिक रोजगारीका लागि मलेसियामा छन्। मृतककी दुई छोरी रहेका छन्।

प्रकाशित: २३ असोज २०८० ११:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 13 =