टिस्टा नदीमा बाढीमा परेर २३ भारतीय सैनिक बेपत्ता

हिमाल प्रेस १७ असोज २०८० १६:४७
16
SHARES
टिस्टा नदीमा बाढीमा परेर २३ भारतीय सैनिक बेपत्ता

गुवाहाटी- भारतको उत्तरपूर्वी सिक्किम प्रान्तमा भीषण वर्षाका कारण टिस्टा नदीमा आएको बाढीमा परी २३ भारतीय सैनिक बेपत्ता भएका छन्।

भारतीय सेनाले बुधबार उक्त जानकारी गराएको छ। ‘उत्तर सिक्किमको ल्होनाक तालमा अप्रत्याशितरूपमा भीषण वर्षा हुँदा टिस्टा नदीमा बाढी आयो, २३ सैनिक बेपत्ता भएको र केही सवारी साधन डुबेको खबर छ,’ सेनाले भनेको छ, ‘खोजी कार्य जारी छ।’

भारतको उक्त दुर्गम क्षेत्र नेपालको सीमा नजिक पर्छ। साथै ल्होनाक ताल विश्वको तेस्रो सबैभन्दा अग्लो हिमाल कञ्चनजंगामा रहेको हिमनदीको फेदमा अवस्थित छ।

चुङथाङ बाँधभन्दा माथि पानी छोडिएका कारण सामान्य अवस्थाभन्दा पानीको सतह पहिला नै १५ फिट माथि रहेको टिस्टामा बाढी आएको सेनाले बताएको छ।

भारतीय सेनाका प्रवक्ताले सार्वजनिक गरेको एउटा भिडियोमा जंग‍ली क्षेत्रमा पानीको तीव्र धारले सडकहरू बगाएको र बिजुलीका तारहरू चुँडाएको देखिएको छ।

सामान्यतया भारतमा जुनदेखि सुरु भएर सेप्टेम्बरमा सकिने मनसुनको समयमा अचानक बाढी आउनु सामान्य हो। अक्टोबरसम्ममा मनसुनी वर्षा सामान्यतया सकिसकेको हुन्छ। रासस/एएफपी

प्रकाशित: १७ असोज २०८० १६:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − seven =