‘परदेशी २’को नयाँ गीत ‘कुरा सिधा छ’ सार्वजनिक

हिमाल प्रेस १७ असोज २०८० ११:५५
14
SHARES
‘परदेशी २’को नयाँ गीत ‘कुरा सिधा छ’ सार्वजनिक

काठमाडौँ- फिल्म ‘परदेशी २’को अर्को गीत ‘कुरा सिधा छ’ सार्वजनिक गरिएको छ।

गीतमा प्रताप दास र मिना निरौलाले स्वर दिएका छन्। बिबी अनुरागीको शब्द र संगीत रहेको गीतको भिडियोमा फिल्मका मुख्य कलाकार प्रकाश सपूत र वर्षा शिवाकोटीको नृत्य छ। भिडियो गोविन्द राईले कोरियोग्राफी छ। गीतको भिडियो मिराज अर्यालले सम्पादन गरेका हुन्।

यसअघि फिल्ममा समावेश गरिएको दुई गीत ‘परदेशी छुकछुके रेलैमा’, ‘हिजो काम आज काम काम विदेशमा’ र टिजर सार्वजनिक भइसकेको छ।

परदेशीएको सन्तान पर्खिरहेको आमाबुवाको कथालाई फिल्ममा देखाइएको छ। फिल्म घटस्थापनाको छेको पारेर असोज २६ गते प्रदर्शन हुनेछ।

नारायण रायमाझीले निर्देशन गरेको फिल्ममा प्रकाश र वर्षासहित केकी अधिकारी, प्रशान्त तामाङ, दीलिप रायमाझी, नीर शाह, रमा थपलिया, देबेन्द्र बब्लु, सविन बास्तोला, रोशनी कार्की लगायतको अभिनय छ।

रमेश बिजीको कथा तथा पटकथा लेखन रहेको फिल्म मानकृष्ण महर्जनको छायांकन, दीर्घ खड्काको सम्पादन, अष्ट महर्जनको द्वन्द्व निर्देशनमा बनेको छ।नारायण इन्टरनेसनलको प्रस्तुति रहेको फिल्ममा निर्देशक रायमाझी र राजेश बंशल (अग्रवाल)ले संयुक्त लगानी गरेका छन्।

 

प्रकाशित: १७ असोज २०८० ११:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + sixteen =