बिरामीको मागअनुसार बहिरंग सेवा चलाउनू : स्वास्थ्यमन्त्री

हिमाल प्रेस १७ असोज २०८० ७:२३
2
SHARE
बिरामीको मागअनुसार बहिरंग सेवा चलाउनू : स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत। फाइल तस्बिर

बाँके- स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतले बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको बहिरंग सेवा सेवाग्राहीको मागअनुसार प्रवाह गर्न निर्देशन दिएका छन्।

अस्पतालले हालै सुरु गरेको बाल क्यान्सर वार्ड र पोष्ट अपरेशन वार्ड मंगलबार उद्घाटन गर्दै उनले बिहान ८ बजेदेखि नै सेवा प्रवाह गर्दा उपयुक्त हुने बताए। मन्त्री बस्नेतले सेवा प्रवाहमा कुनै पनि किसिमको कमजोरी नगर्न पनि सुझाव दिए ।

लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री राजु खनालले क्यान्सर अस्पतालका लागि अस्थायी दरबन्दी स्वीकृत गरिएको जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast