इन्धनमा बढाइएको मूल्य सोमबारबाट मात्रै फिर्ता

हिमाल प्रेस १४ असोज २०८० १४:५२
8
SHARES
इन्धनमा बढाइएको मूल्य सोमबारबाट मात्रै फिर्ता

काठमाडौँ- नेपालल आयल निगमले शनिबार रातिदेखि बढाएको इन्धनको मूल्य सोमबारबाटमात्रै फिर्ता हुने भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मूल्य वृद्धि तत्काल फिर्ता गर्न निर्देशन दिए पनि बढेको मूल्य फिर्ता लागू भने सोमबार बिहानदेखिमात्रै हुने भएको हो।

प्रधानमन्त्री प्रचण्डको निर्देशनपछि आयल निगमले सूचना जारी गर्दै आइतबार राति अर्थात सोमबारदेखिमात्रै फिर्ता मूल्य लागू हुने बताएको हो। यसअघि निगमले शनिबार राति सूचना जारी गर्दै स्वचालित मूल्य प्रणालीको नाममा इन्धनकाे मूल्य बढाएको थियो।

निगमले पेट्रोलमा २ रुपैयाँ, डिजेल तथा मिट्टितेलमा ६ रुपैयाँ प्रतिलिटर र खाना पकाउने एलपी ग्यासमा २१५ रुपैयाँ प्रतिसिलिण्डर मूल्य बढाएको थियो। बढेको मूल्यको शनिबार रातिदेखि नै आलोचना भएपछि आइतबार प्रधानमन्त्री प्रचण्डले चाडपर्वको मुखमा गरिएको मूल्य वृद्धि फिर्ता गर्न आपूर्ति मन्त्रालयमार्फत निगमलाई निर्देशन दिएका हुन्।

प्रकाशित: १४ असोज २०८० १४:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 17 =