पेट्रोलियम पदार्थको मूल्य घटाउन प्रधानमन्त्रीको निर्देशन

हिमाल प्रेस २१ पुष २०७९ १४:४३
8
SHARES
पेट्रोलियम पदार्थको मूल्य घटाउन प्रधानमन्त्रीको निर्देशन फाइल तस्बिर।

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज (बिहीबार) वाणिज्य तथा आपूर्ति सचिवलाई बोलाएर प्रचण्डले यस्तो निर्देशन दिएका हुन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार उनले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेकाले सोहीबमोजिम मूल्य समायोजन गर्न निर्देशन दिएका छन्। प्रधानमन्त्री प्रचण्डले आम जनतालाई राहतको अनुभूति हुने गरी पेट्रोल, डिजेल तथा हवाई इन्धनको मूल्य कटौती गर्न निर्देशन दिएको सचिवालयले जनाएको छ।

प्रकाशित: २१ पुष २०७९ १४:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =