राष्ट्र बैंकले निकाल्यो १३ अर्बको विकास ऋणपत्र

हिमाल प्रेस १४ असोज २०८० १२:२३
8
SHARES
राष्ट्र बैंकले निकाल्यो १३ अर्बको विकास ऋणपत्र राष्ट्र बैंक

काठमाडौँ– नेपाल राष्ट्र बैंकले १३ अर्ब १० करोड रुपैयाँ बराबरको विकास ऋणपत्र निष्कासन गरेको छ। राष्ट्र बैंकले ८ बर्से अवधिको ‘विकास ऋणपत्र २०८८–ग’ बोलकबोल प्रक्रियामार्फत बिक्री गर्ने गरि निकालेको हो।

ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा सर्वसाधारणले खरिद गर्न सक्नेछन्। ऋणपत्र आज दिउँसो ३ बजेसम्म खरिद गरिसक्नुपर्ने छ।  २०८८ असोज १५ गते साँवा भुक्तानी हुने यो ऋणपत्रको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ। ब्याज भुक्तानी अर्धवार्षिकरूपमा हुने राष्ट्र बैंकले उल्लेख गरेको छ।

ऋणपत्रमा खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीरूपमा सहभागी हुनसक्नेछन्। प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालालार्ई क्रमशः निष्कासित रकमको ८५ र १५ प्रतिशत छुट्याइएको छ।

बोलकबोलमा घटीमा ५० हजार रुपैयाँ र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाइ ५० हजारले भाग गर्दा निशेष भाग जाने अंकमा खरिद गर्न सकिने राष्ट्र बैंकले उल्लेख गरेको छ। यस ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमार्फत् हुनेछ।

प्रकाशित: १४ असोज २०८० १२:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − six =