भक्तपुरमा प्यारामाउन्ट मोटर्सको दोस्रो शोरुम

हिमाल प्रेस १४ असोज २०८० ११:४१
भक्तपुरमा प्यारामाउन्ट मोटर्सको दोस्रो शोरुम

काठमाडौँ- एमजी गाडीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले भक्तपुरको गठ्ठाघरमा दोस्रो एमजी शोरुम सञ्चालनमा ल्याएको छ। सोसँगै एमजीको ओनरसिप एक्सपेरिएन्स वृद्धि गर्ने आफ्नो प्रतिबद्धता झनै बलियो बनेको कम्पनीले दाबी गरेको छ।

गठ्ठाघरमा सञ्चालनमा आएको नयाँ शोरुमसँगै एमजीले नेपालभर १३ वटा आउटलेटहरूको सञ्जाल बनाएको छ। ‘उक्त शोरुम ग्राहकहरूका लागि पहुँचयोग्य र असाधारण सेवा प्रदान गर्ने प्यारामाउन्ट मोटर्सको प्रतिबद्धताको प्रमाण हो,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

प्यारामाउन्ट मोटर्सका जिएम सचिन अर्यालले शोरुमको उद्घाटनले अतुलनीय सेवा र उल्लेखनीय स्वामित्व अनुभव प्रदान गर्ने बताए। ‘ग्राहकहरूले नवीनतम एमजी मोडेलहरू एक्सप्लोर गर्ने र एक्सपर्ट गाइडेन्स प्राप्त गर्न सक्ने स्थान उपलब्ध गराउन पाउँदा हामी धेरै नै उत्साहित छौँ,’ उनले भने।

प्रकाशित: १४ असोज २०८० ११:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =