१४ बैंकले घटाए ब्याजदर, कसको कति?

हिमाल प्रेस ३० असोज २०८० १३:५० | Tuesday, October 17, 2023
१४ बैंकले घटाए ब्याजदर, कसको कति? फाइल तस्बिर

काठमाडौँ- मासिक रूपमा ब्याजदर सार्वजनिक गर्दै आएका वाणिज्य बैंकहरूले कात्तिक महिनाको लागि निक्षेपको ब्याजदर प्रकाशित गरेका छन्।

जसअनुसार १४ वटा बैंकले ब्याजदर घटाएका छन्। चार वटा बैंकले यथावत् राखेका छन् भने दुई बैंकले ब्याजदर बढाएका छन्।

२० मध्ये १४ वाणिज्य बैंकले ब्याजदर घटाएसँगै औसत ब्याजदर पनि घटेको छ। असोज महिनामा १०.२६ प्रतिशत रहेको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर कात्तिकमा ०.२९ प्रतिशत बिन्दुले घटेर ९.९६ प्रतिशत कायम भएको छ।

संस्थागत मुद्दती निक्षेपको ब्याजदर ५.५ प्रतिशतदेखि ९.००३ प्रतिशतसम्म ताेकिएकाे छ। जसको औसत ब्याजदर ७.८५ प्रतिशत हुन्छ।

यतिबेला बैंकिङ क्षेत्रको सीडी रेसियो (कर्जा–निक्षेप अनुपात) ८२ प्रतिशतभन्दा तल छ। यस्तो बेला ब्याजदर घटेकाले कर्जाको माग बढ्न् सक्छ।

प्रकाशित: ३० असोज २०८० १३:५० | Tuesday, October 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast