विपिन अभिनीत फिल्म ‘फूलबारी’ ट्रेन्डिङमा

हिमाल प्रेस १० कार्तिक २०८० १४:०७ | Friday, October 27, 2023
विपिन अभिनीत फिल्म ‘फूलबारी’ ट्रेन्डिङमा

काठमाडौँ– दसैँको अवसरमा सार्वजनिक गरिएको फिल्म ‘फूलबारी’ युट्युबको ट्रेन्डिङ एकमा छ। शुक्रबार अपराह्नन २ बजेसम्म फिल्मले ३५ लाखभन्दा बढी भ्युज बटुलेको छ।

पारिवारिक कथावस्तुमा आधारित फिल्म रामबाबु गुरुङले निर्देशन गरेका हुन्। अवकाश प्राप्त शिक्षकको जीवनी देखाइएको फिल्ममा परिवारभित्रको प्रेम, असमझदारी, चाहना, कर्तव्य र अपहेलनाका विषय समेटिएका छन्।

अभिभावकले सन्तानबाट राख्ने अपेक्षा र सन्तानले भुलेको संस्कारलाई फिल्मको कथा बनाइएको छ। साथै पुस्तान्तरले वृद्ध बाआमाको जीवनमा ल्याउने उत्तारचढाव पनि देख्न सकिन्छ। फिल्ममा कलाकार विपिन कार्की, अरुणा कार्की, दयाहाङ राई, प्रियंका कार्की, गौमाया गुरुङ, शिल्पा मास्के, अनुपम शर्मा, सोमनाथ खनाल, मनीष ढकाल, लोकेन्द्र लेखकलगायतको अभिनय छ।

विपिन र अरुणा पति–पत्नीको भूमिकामा छन्। तीन छोराका आमाबुबा उनीहरू बुढेसकालमा एक्लै पर्छन्। सक्षम छोरा आमाबुबाको अवहेलना गर्छन्। प्रियंका कार्की बुहारीको भूमिकामा छिन् भने सोमनाथ, अनुपम, मनीष छोराको भूमिका निर्वाह गरेका छन्।

गत फागुनमा प्रदर्शन गरिएको फिल्म वर्षको उत्कृष्ट फिल्ममध्ये छैटौँ स्थानमा परेको थियो। चलचित्र विकास बोर्डको सार्वजनिक विवरणअनुसार फिल्मले १ लाख २६ हजार १ सय ९० टिकट बिक्री भएबापत ३ करोड ५२ लाख ८९ हजार ४ सय ५९ रुपैयाँको ग्रस व्यापार गर्न सफल भएको थियो।

उपेन्द्र सुब्बाको लेखन, कमल किशोर मलपानीको कथा रहेको फिल्म जोस हेरुमको छायांकन, कालीप्रसाद बाँस्कोटा र अनुपम शर्माको संगीत र निमेष श्रेष्ठको सम्पादनमा बनेको छ। यसोदा फिल्म्स्को ब्यानरमा निर्माण भएको फिल्मका निर्माता मनीष ढकाल हुन्।

प्रकाशित: १० कार्तिक २०८० १४:०७ | Friday, October 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast