यस्तो छ ‘दुई कदम’को टिजर

हिमाल प्रेस २८ असोज २०८० १९:५८ | Sunday, October 15, 2023
यस्तो छ ‘दुई कदम’को टिजर

काठमाडौँ- फिल्म ‘दुई कदम’को टिजर सार्वजनिक गरिएको छ। घटस्थापनाको अवसरमा आइतबार फिल्मको टिजर सार्वजनिक गरिएको हो।

एक मिनेट ३९ सेकेन्डको टिजरमा डेब्यू अभिनेता इओन लिम्बु र डेब्यू अभिनेत्री सिमोन गिरीबीचको प्रेम देख्न सकिन्छ। साथै उनीहरूको प्रेममा आउने उत्तारचढाव पनि प्रस्तुत गरिएको छ।

उदय सुब्बाको निर्देशनमा बनेको फिल्ममा गौरव पहारी, सुनिल थापा, कविता आले, सुरवीर पण्डित, बुद्धि तामाङ, प्रेम सुब्बा, अर्जुन गुरुङ, विमला लिम्बू, जीवन लिम्बू, चन्दा दाहाल र प्रितिका शर्मालगायतको अभिनय छ। फिल्म मंसिर २९ गतेदेखि प्रदर्शन हुनेछ।

दयाराम घिमिरेको कथा तथा पटकथा लेखन रहेको फिल्म फिल्मको छायांकन मुस्ताङ, धनकुटा, तेह्रथुमको वसन्तपुर, इलाम, झापा र धरानमा गरिएको छ। विक्रम डिसीले छायांकन गरेका हुन्।

प्रविन ढकालको सम्पादन रहेको फिल्ममा तारा प्रकाश लिम्बू र विकास चौधरीको संगीत, डिपी खनालको गीत लेखन, राजु किराँतीको द्वन्द्व निर्देशन, रामजी लामिछानेको कोरियोग्राफी छ।

अजम्बरी फिल्मस्को ब्यानरमा बनेको फिल्म तारा देवी लिम्बूले लगानी गरेकी छन्।

प्रकाशित: २८ असोज २०८० १९:५८ | Sunday, October 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast