काठमाडौँ- ‘महाराजधिराज’ नामक फिल्म बन्ने भएको छ। फिल्म परिच्छेद सेनले निर्देशन गर्ने भएका छन्। घटस्थापनाको अवसरमा आइतबार निर्देशक सेनले प्रदर्शन मितिसहित फिल्म निर्माण घोषणा गरेका हुन्। फिल्म २०८१ साल तिहारमा प्रदर्शन गरिनेछ।
सामाजिक प्रेमकथामा आधारित बन्ने भनिएको फिल्मका प्रस्तुतकर्ता विराज विष्ट हुन्। निर्देशक सेनकै लेखन रहने फिल्ममा टोपेन्द्र बिष्टले लगानी गर्नेछन्।
छत्रेश्वरी म्यानेजमेन्ट प्रालिको ब्यानरमा बन्ने फिल्मका कलाकार छनोट कार्य भइरहेको जनाइएको छ।
प्रकाशित: २८ असोज २०८० १६:०८ | Sunday, October 15, 2023
प्रतिक्रिया





