नेपालगन्ज शान्त, विशेष सुरक्षा योजना लागू

हिमाल प्रेस २३ असोज २०८० १६:०१ | Tuesday, October 10, 2023
नेपालगन्ज शान्त, विशेष सुरक्षा योजना लागू नेपालगन्ज बजार क्षेत्र। फाइल तस्बिर : हिमाल प्रेस

नेपालगन्ज– एक सातादेखि अशान्त बाँकेको नेपालगन्ज मंगलबारदेखि शान्त भएको छ। जनजीवन सामान्य हुँदै गएपछि कर्फ्यु पनि हटाइएको छ। जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले शान्तिसुरक्षाको अवस्था सामान्य बनेकाले कर्फ्यु हटाइएको जानकारी दिए।

अघिल्लो मंगलबार नेपालगन्जमा तनाव उत्पन्न भएपछि दिउँसो १ बजेदेखि कर्फ्यु आदेश जारी गरिएको थियो। अवस्था सामान्य बन्दै गएपछि केही दिनयता दिउँसोको समयमा निषेधाज्ञा र राति कर्फ्यु लाग्दै आएको थियो। सामाजिक सञ्जालमा लेखिएको विषयलाई लिएर उत्पन्न विवादका कारण परिस्थिति असहज बन्ने देखिएपछि असोज १६ गते मंगलबार दिउँसो १ बजेदेखि नेपालगन्जमा अनिश्चितकालीन कर्फ्यु लगाइएको थियो। १८ गतेदेखि दिउँसोको कर्फ्यु हटाइएको थियो भने रातिको समयमा कायमै राखिएको थियो।

यसैबीच बाँकेमा प्रहरीले दसैँतिहार पर्वका लागि विशेष सुरक्षा योजना ल्याएको छ। जिल्ला प्रहरी कार्यालय, बाँकेले कोहलपुर नगरपालिकास्थित बसपार्क र नेपालगन्ज बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरेको प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए।
सीमा क्षेत्र जमुनाह नाकामा समेत भारतबाट आउने नेपाली नागरिकको सहजीकरणका लागि यात्रु सहायकता कक्ष स्थापना भएको भएको छ। भारतबाट आएका केहीले गरेको गुनासो सम्बोधन गरिएको जमुनाहका वरिष्ठ प्रहरी नायब निरीक्षक मिनबहादुर विष्टले जानकारी दिए। रासस

प्रकाशित: २३ असोज २०८० १६:०१ | Tuesday, October 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast