कोशीका नवनियुक्त मुख्यमन्त्रीको शपथ आइतबार

हिमाल प्रेस २७ असोज २०८० १४:२२ | Saturday, October 14, 2023
कोशीका नवनियुक्त मुख्यमन्त्रीको शपथ आइतबार df]/ª,@& c;f]hM कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ शनिबार प्रदेश प्रमुखको कार्यालय विराटनगरमा नवनियुक्त मुख्यमन्त्री केदार कार्कीलाई नियुक्तिपत्र हस्तान्तरण गर्दै। तस्बिर : रासस

इटहरी– कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीको शपथग्रहण आइतबार दिउँसो १ बजे हुने भएको छ। कार्कीलाई प्रदेश प्रमुख परशुराम खापुङले शनिबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

एमालेका ३९ र कांग्रेसका ९ सांसदले समर्थनमा कार्की संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका छन्। ४८ सांसदले मुख्यमन्त्री बनाउन दिएको निवेदनमा हस्ताक्षर सनाखत गरेपछि प्रदेश प्रमुख खापुङले कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।

मुख्यमन्त्रीका लागि गठबन्धनको तर्फबाट माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पनि दाबी पेस गरेका थिए। गत असोज २० गते मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत नपुग्ने भएपछि पदबाट राजीनामा दिएका थिए। सोही कारण प्रदेशमा नयाँ मुख्यमन्त्री चयनको प्रक्रिया अगाडि बढेको थियो।

प्रकाशित: २७ असोज २०८० १४:२२ | Saturday, October 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast