 विपिन जोशी
                             विपिन जोशी 
                                            काठमाडौँ- हमासले हानेको ग्रिनेड नेपाली विद्यार्थी विपिन जोशीले टिपेर उतै फालिदिए।
१७ जना नेपाली बसेको कोठामा आएको मिसाइल जोशीले नफालेको भए सबै जना बच्ने थिएनन्। तर विपिन जोशी हाल सम्पर्कविहीन छन्। हाल हमासले विपिनलाई लगेको इजरायलबाट नेपाल फर्कनुभएका नेपाली विद्यार्थी बिबुशा अधिकारीले जानकारी दिइन्।
साथीहरूलाई बचाउने रियल हिरोलाई जसरी भए पनि बचाउनु बिबुशाले सरकारसँग आग्रह गरिन्। विपिन बसेको फर्मबाट छ जना बच्न सफल भए भने बाँकी नेपाली विद्यार्थीको मृत्यु भएको उनले बताइन्।
शुक्रबार बिहान नेपाल फर्किएकी विबुशा भन्छिन्, इजरायल सरकार र नेपालको तर्फबाट पूर्ण सहयोग भयो इजरायलका नागरिकले समेत सहयोग गरेकाले आफूहरू सुरक्षित नेपाल आउन पाएको बताइन्।
सरकारले बिहीबार राति इजरायलबाट २५४ जना नेपाली नागरिकलाई उद्धार गरी नेपाल ल्याएको छ । उद्धारपछि आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुरा गर्दै परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले इजरायलबाट नेपाल फर्कन चाहना राखेका पाँच सय तीन जनामध्ये दुई सय ५४ जनालाई नेपाल ल्याइएको र अन्यलाई पनि छिट्टै नेपाल ल्याइने जानकारी दिए।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 