कंगोमा तैनाथ शान्ति सेना राईको निधन

हिमाल प्रेस २६ असोज २०८० १८:५१ | Friday, October 13, 2023
कंगोमा तैनाथ शान्ति सेना राईको निधन

काठमाडौँ- संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनाका लागि कंगोमा तैनाथ नरसिंहदल गण (शान्ति सेना) २९औँ डफ्फामा कार्यरत प्युठ भूपजित राईको निधन भएको छ।

खोटाङको फक्टाङ गाउँपालिका-८ घर भएका प्युठ राई ट्याक्टिकल अपरेसन बेस जिनामा कार्यरत रहँदा बिरामी भएका थिए। उनको बुनियास्थित अस्पतालमा उपचारका क्रममा निधन भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

राईको शव स्वदेश ल्याउन आवश्यक समन्वय भइरहेको निर्देशनालयले जनाएको छ।

प्रकाशित: २६ असोज २०८० १८:५१ | Friday, October 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast