चार नेपाली राजदूतले लिए शपथ

हिमाल प्रेस १० असोज २०८० २०:२६
22
SHARES
चार नेपाली राजदूतले लिए शपथ

काठमाडौँ- विभिन्न मुलुकका लागि नियुक्त भएका चार नेपाली राजदूतले बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिएका छन्।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहमा सुधीर भट्टराई, तेजबहादुर क्षेत्री, घनश्याम लम्साल र रामप्रसाद सुवेदीले राजदूतको शपथ लिएका हुन्।

भट्टराई फ्रान्स, क्षेत्री संयुक्त अरब इमिरेट्स, लम्साल कुवेत र सुवेदी स्वीट्जरल्यान्डका लागि राजदूत नियुक्त भएका छन्।

शपथ समारोहमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङलगायत सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको राष्ट्रपति कार्यालयले जनाएको छ।

राजदूतमा ६ जना सिफारिस भएका थिए। लोकबहादुर थापालाई न्युयोर्कको स्थायी प्रतिनिधिमा नियुक्त गरिएको थियो। उनले शपथ लिएर न्युयोर्क पुगिसकेका छन्।

थाइल्याण्डको अग्रिमा आउन बाँकी भएकाले धनबहादुर ओलीको नियुक्ति बाँकी छ।

प्रकाशित: १० असोज २०८० २०:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 4 =