राजदूत अधिकारी र पाकिस्तानी विदेशमन्त्रीबीच भेट

हिमाल प्रेस २९ चैत २०७९ २०:३८
2
SHARE
राजदूत अधिकारी र पाकिस्तानी विदेशमन्त्रीबीच भेट

काठमाडौँ- पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारी र पाकिस्तानका विदेशमन्त्री बिलावल भुटटे जरदारीबीच भेटवार्ता भएको छ।

भेटमा दुई देशको व्यापार तथा जनताबीचको सम्बन्ध र सार्कबारेमा छलफल भएको हो। भेटमा नेपाल-पाकिस्तान द्विपक्षीय सम्बन्धलगायत विषयमा छलफल भएको राजदूत अधिकारीले जानकारी दिए।

दुई देशबीचको आर्थिक सहयोग र व्यापार तथा पर्यटनलाई थप विस्तार गर्नेलगायतका विषयमा छलफल गरिएको अधिकारीले बताए। ‘हामीले क्षेत्रीय सहयोग र सार्कमा पनि विचार आदानप्रदान गर्यौँ,’ उनले भने।

बैठकमा पाकिस्तानी विदेश मन्त्रालय र नेपाली दूतावासका अधिकारीहरूको पनि सहभागिता थियो।

प्रकाशित: २९ चैत २०७९ २०:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − eleven =