बुधबारदेखि बन्द विद्यालय आइतबारदेखि खुल्ने

हिमाल प्रेस ५ असोज २०८० २०:३९
22
SHARES
बुधबारदेखि बन्द विद्यालय आइतबारदेखि खुल्ने

काठमाडौँ- सरकारी विद्यालयका शिक्षकहरूको आन्दोलनका कारण बन्द रहेका विद्यालय आइतबारदेखि खुल्ने भएका छन्। सरकार र आन्दोलनरत शिक्षक संगठनबीच शुक्रबार साँझ सहमति भएसँगै आइतबारदेखि विद्यालय खुल्ने भएका हुन्।

सम्झौताको अन्तिम बुँदामा काठमाडौँ केन्द्रित सबै किसिमका कार्यक्रम अन्त्य गरी अध्ययन अध्यापन नियमित गर्ने उल्लेख गरिएको छ। सम्झौतामा सरकारकातर्फबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीले हस्ताक्षर गरेका छन्।

त्यस्तै आन्दोलनरत शिक्षक संगठनका पदाधिकारीले पनि सहमितमा हस्ताक्षर गरेका छन्। यसअघि गत बुधबारदेखि पठनपाठन ठप्प पारी मुलुकभरका शिक्षक काठमाडौँ आएर आन्दोलन गरिरहेका थिए।

यस्तो छ सरकार र शिक्षकबीचको ६ बुँदे सहमति [बुँदासहित]

यसकारण आन्दोलित भए देशभरका शिक्षक

प्रकाशित: ५ असोज २०८० २०:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 8 =