‘एक भागवत र एक गीता’को गीत झिझियामा मिथिला संस्कृति

हिमाल प्रेस २६ भदौ २०८० १९:३९
14
SHARES
‘एक भागवत र एक गीता’को गीत झिझियामा मिथिला संस्कृति

काठमाडौँ- ‘एक भागवत र एक गीता’ को ‘झिझिया’ बोलको गीत सार्वजनिक गरिएको छ। निर्माण टिमले मंगलबार कमलपोखरीस्थित बिग मुभिजमा कार्यक्रम गर्दै गीत सार्वजनिक गरेका हुन्।

गीतमा मिथिला संस्कृतिलाई झल्काएको फिल्मकी मुख्य पात्र सुहाना थापाले बताइन्। ‘गीतले मिथिला क्षेत्रको प्रतिनिधित्व गर्छ,’ उनले भनिन्। उनले आफूले गीतमार्फत् झिझिया संस्कृतिबारे बुझ्न पाएको उल्लेख गरिन्।

कार्यक्रममा फिल्म निर्देशक झरना थापाले गीतको बोल पनि मैथिली भाषाबाट राखेको जानकारी गराइन्। दसैँको समयमा मिथिलामा मनाइने संस्कृतिलाई गीतको शब्द र नृत्यमा प्रस्तुत गरेको उनले प्रष्ट पारिन्।

गीतको शब्दले पनि देवीकै गुणगान र अफ्ट्यारोमा बबुरो बालक सम्झेर माफी मागेको प्रसंग रहेको निर्देशक थापाको भनाइ थियो। ‘जीवनमा आइपर्ने बाधा र अड्चनलाई हटाइदिन देवीसँगको पुकार गीतले बोलेको छ,’ उनले भनिन्।

फिल्ममा कलाकार विपिन कार्की कमलामाईको अवतारमा देखिएका छन्। उनी ट्रान्सजेन्डरको भूमिकामा देखिएका छन्।

विपिनले एक ट्रान्सजेन्डरको अभिनय गर्न निकै कठिन भएको अनुभव सुनाए। गीतमा विपिनले पनि नृत्य गरेका छन्। ‘महिलाको पहिरन लगाउन असहज भयो,’ उनले भने।

‘झिझिया’ गीतमा प्रवेश मल्लिकको संगीत छ। गीतमा नेहा प्रियदर्शिनी र प्रवेशले नै स्वर दिएका छन्। फिल्म सुहाना इन्टरटेनमेन्ट र सुनिलकुमार थापा प्रोडक्सनको ब्यानरमा निर्माण भएको छ।

प्रकाशित: २६ भदौ २०८० १९:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − nine =