सेन्सर पास भयो ‘एक भागवत र एक गीता’

हिमाल प्रेस २६ भदौ २०८० १३:४५
12
SHARES
सेन्सर पास भयो ‘एक भागवत र एक गीता’

काठमाडौँ– शीर्षक विवादको लामो संघर्षपछि फिल्म ‘एक भागवत र एक गीता’ (सामाजिक कथा) सेन्सर पास भएको छ। मंगलबार केन्द्रीय जाँच पास समिति (सेन्सर बोर्ड)ले फिल्मलाई युनिभर्सल सर्टिफिकेट दिएको निर्माण टिमले जानकारी दिए। फिल्म यहि शुक्रबार अर्थात भदौ २९ गते प्रदर्शन गरिनेछ।

शीर्षक विवादले सेन्सरमा केही ढिलाई भएपनि पास भएर दर्शकमाझ ल्याउन पाउँदा निकै खुशी लागेको फिल्मका निर्देशक झरना थापाले बताइन्। सेन्सरमा फिल्म हेरेका सबैले राम्रो बनेको भन्दै तारिफ पाएकोमा निर्देशक थापाले खुशी समेत व्यक्त गरिन्। निर्माता सुनिल कुमार थापाले सेन्सर प्रतिनिधिले मात्र नभएर दर्शकले पनि फिल्म मन पराउने विश्वास व्यक्त गरेका छन्।

फिल्मका कलाकार विपिन कार्कीको कमलामाई अवतारलाई सबैले तारिफ गरिरहेका छन्। फिल्मका अन्य कलाकार सुहाना थापा, धिरज मगर, कबीर खड्का, संजोग रसाइली, मुकेश झा, अनुराग कुँवर, राम कैलाश ठाकुर, धिरज ठाकुर बालकलाकार जेभिस र जेभिन श्रेष्ठको अभिनय छ।

कलाकार सुहाना थापाको कन्सेप्ट, निर्देशक झरना थापाको कथा रहेको फिल्ममा झरनासँगै सरिन पोखरेल, परिक्षेद सेन, पुरुषोत्तम ढुंगेल र कृष्णको पटकथा छ। भने संवाद परिक्षेद र पुरुषोत्तमले नै लेखेका छन्।

राजेश श्रेष्ठको छायांकन र मित्र डि गुरुङको सम्पादनमा बनेको फिल्ममा हिमाल केसीको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी, हर्कुलस बस्नेत, आशिष अविरल, प्रवेश मल्लिक र बाबुल गिरीको संगीत तथा शंकर अधिकारी घायलको शब्द रचना छ। फिल्म सुहाना इन्टरटेनमेन्ट र सुनिल कुमार थापा प्रोडक्सनको ब्यानरमा निर्माण भएको छ।

प्रकाशित: २६ भदौ २०८० १३:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − three =