काठमाडौँ- राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एमाले नेता सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधनले मर्माहत भएको बताएका छन्।
शोक वक्तव्य जारी गरी उनले नेम्वाङको निधनप्रति दुःख व्यक्त गरेका हुन्।
‘२०६२/६३ को जनआन्दोलनपछि पुनस्स्थापित संसदमा सभामुख र पहिलो तथा दोस्रो संविधानसभा अध्यक्षको रूपमा उहाँले खेलेको नेतृत्वदायी अनुकरणीय भूमिकाको मुलुकले सधैँ स्मरण गरिरहने छ’, अध्यक्ष तिमिल्सिनाको वक्तव्यमा उल्लेख छ।
नेपालको शान्ति प्रक्रिया र संविधानसभाबाट नेपालको संविधान जारी गराउन उनको महत्त्वपूर्ण भूमिका रहेको उनले स्मरण गरेका छन्।
प्रकाशित: २६ भदौ २०८० ११:०६
प्रतिक्रिया