एसिया कप : कोहली र राहुलको शतकमा पाकिस्तानसामु भारतको विशाल स्कोर

हिमाल प्रेस २५ भदौ २०८० १९:१०
10
SHARES
एसिया कप : कोहली र राहुलको शतकमा पाकिस्तानसामु भारतको विशाल स्कोर

काठमाडौँ- एसिया कपको सुपर चारअन्तर्गत भारतले पाकिस्तानलाई जितका लागि ३५७ रनको विशाल लक्ष्य दिएको छ।

टस हारेर पहिले ब्याटिङ गरेको भारतले विराट कोहली र केएल राहुलको नटआउट शतकको मद्दतले ३५६ रनको विशाल योगफर तयार पारेको हो। आइतबार वर्षाका कारण राेकिएपछि  सोमबार ‘रिजर्व डे’मा पूरा गर्न लागिएको खेलमा भारतका लागि कोहली र राहुलले सान्दार शतक बनाए।

कोहलीले ९४ बलमा ९ चौका र ३ छक्काको मद्दतमा नटआउट १२२ रन बनाए। त्यस्तै राहुलले १०६ बलमा १२ चौका र २ छक्काको मद्दतमा नटआउट १११ रन बनाए। आइतबार २४.१ ओभरमा राेकिएको खेल साेमबार त्यहीबाट अघि बढाइएको हो। सो क्रममा काेहलीले अन्तर्राष्ट्रिय एक दिवसीयमा ४७औँ शतक तथा आफ्ना १३ हजार रन पनि पूरा गरेका छन्।

यसअघि आइतबार भारतका ओपनरद्वय रोहित शर्मा र शुभमन गिलले भारतका लागि सान्दार सुरुवात गर्दै १२१ रनको साझेदारी गरेका थिए। ओपनर दुवैले अर्धशतकीय इनिङ्स खेलेपछि भारतलाई ठूलो स्कोर बनाउन आधा बनेको हो।

शर्माले ४९ बलमा ६ चौका र ४ छक्काको मद्दतले ५६ तथा गिलले ५२ बलमा १० चौकाको मद्दतमा ५८ रनको सान्दार इनिङ्स खेलेका थिए। क्रिकेटमा भारत र पाकिस्तानबीचको खेललाई दुई देशको प्रतिष्ठाको रूपमा हेरिँदै आएको छ।

यसअघि आइतबार २४.१ ओभर खेलेको भारतले २ विकेटको क्षतिमा १४७ रन बनाएको थियो। जारी प्रतियोगितामा दुवै टिमले नेपाललाई हराएर सुपर चारमा पुगेका हुन्। नेपाललाई पाकिस्तानले २३८ रन तथा भारतले १० विकेटले हराएको थियो।

कोलोम्बोमा विराट कोहलीको ८ इनिङ्स, ३ शतक

प्रकाशित: २५ भदौ २०८० १९:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − nine =